Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस ०९, काठमाडौ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठकले ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष उपेन्द्र यादवले निकालेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिएको छ । विज्ञप्तिमा सरकारले २०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको २ बुँदे सहमतिबाट सरकार पछि हटेको र एकतर्फी रुपमा तोडेको आरोप समेत लगाइएको छ । सरकारले सहमति उल्लंघन गरेको आरोप लगाउँदै सो पार्टी पुस ८ गते सरकारबाट बर्हिगर्मन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed