Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई हरायो

Loading

२०७६ पुस ०९, काठमाडौं । मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो । मच्छिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । मच्छिन्द्रका लागि अफ्रिकी खेलाडी पिटर सेगुनले २८औं मिनेटमा सुरुवाती गोल गरे । दोस्रो हाफमा पनि उत्कृष्ट खेल खेलेको मच्छिन्द्रका लागि ५२औं मिनेटमा अर्का विदेशी खेलाडी एडिलाजा सोमिडेले गोल गरे । एडिलाजाले कप्तान विराज महर्जनको पासमा गोल गरेका थिए । रेजिन सुब्बाले ८५औं मिनेटमा तेस्रो गोल गर्दै मच्छिन्द्रलाई जिताए ।

लिगमा मच्छिन्द्रको यो दोस्रो जित हो । जितसँगै तीन खेलबाट ६ अंक बनाएको मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट ६ नै अंक बनाएको मनाङ गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । अघिल्लो लिगका १३औं स्थानमा रहेका कारण यसपटक मच्छिन्द्रको एक अंक घटाईएको छ । पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मच्छिन्द्रले दोस्रो खेलमा च्यासलसँग बराबरी खेल्दै अंक बाँडेको थियो । लगातार तेस्रो हार खेपेको फ्रेन्ड्सले अंकको खाता खोल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed