![]()
काठमाडौं । पछिल्लो एक महिनामा प्रहरीको सक्रियताले नेपाली बैंकमाथि हु
सक्ने सम्भावित दुई ठूला आर्थिक घटना रोकिए । महानगरीय प्रहरी परिसर काठमाडौंले १६ भदौमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । त्यसअघि पनि नेपाली बैंकमा साइबर हमला भइसकेको छ ।:
बैंकहरुले साइबर सुरक्षामा गम्भिरता नदेखाउँदा एक महिनाको बीचमै दोस्रोपटक नेपाल सरकारकै स्वामित्वमा रहेको कृषि विकास बैंकमाथि साइबर हमला भएको छ । प्रहरी र राष्ट्र बैंकले कृषि विकास बैंकबाट लुटिएको रकमबारे फरक–फरक कुरा बताइरहेका छन् । अनुसन्धानकै क्रममा रहेकाले यो विषयमा थप बोल्न प्रहरीले अस्वीकार गरेको छ ।आइतबार कृषि विकास बैंक नुवाकोटबाट केन्द्रीय बैंकमा खाता रहेका लेमान तामाङको खातामा अस्वाभाविक रुपमा पैसा आएपछि बैंकले प्रहरीलाई खबर गरेको हो । अनुसन्धानका क्रममा प्रहरीले लेमानलाई पक्राउ गरेपछि थप व्यक्ति पक्राउ परे ।प्रहरी स्रोतका अनुसार लेमानले सो रकम झिक्ने र झिकेपछि १० प्रतिशत कमिसन खाएर बाँकी रकम ह्याकर समूहलाई पठाउने योजना बनाएका थिए ।ह्याकर समूहले यसका लागि लामो समयदेखि आफूलाई काम लाग्ने व्यक्तिको खोजी गरेको थियो । लेमानको खातामा ‘सौराहा’ युजर आइडीमार्फत् कृषि विकास बैंकको लहान शाखाको कम्प्युटर प्रयोग गरेर नुवाकोटबाट काठमाडौंमा पैसा ट्रान्सफर भएको पाइएको छ । यसमा बैंककै कर्मचारीमाथि पनि प्रहरीले निगरानी सुरु गरेको एक प्रहरी अधिकारीले बताए । प्रहरीले सुजन कार्की, लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, सञ्जय घले, विद्या सागर, लेमान तामाङ, पुष्पराज खड्का लगायतलाई पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुर, सिरहा, धादिङ र कैलालीबाट उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार कृषि विकास बैंकको पैसा बैंकिङ सिस्टम ह्याक गरेर विभिन्न बैंकमा समेत पठाएको खुलेको छ । कृषि विकास बैंकबाट चोरी भएको रकममध्ये १० लाख रुपैयाँ कैलाश विकास बैंकको कैलालीको भजनी र केही रकम मकवानपुरका रहेको शाखाबाट समेत निकालेको पाइएको छ ।
कैलाश विकास बैंकको कैलाली शाखाबाट पैसा निकाल्ने मानबहादुर बूढा पक्राउ परेका छन् । उनलाई काठमाडौं पठाउने तयारी गरिएको कैलाली प्रहरी स्रोतले बतायो ।


