Breaking News.... EverestOnlineKhabar
May 12, 2026

निजामती कर्मचारीको संख्या कटौती गरिने:संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित

Loading

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिफल विनाकाे लगानी भएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको बताए । उनले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता भने व्यक्त गरे ।

मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो गरे । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.