![]()
गायक भरत सिटौलाको नयाँ गीत सार्वजनिक भएको छ। ‘आउँदै गर मायालु अनलाइनमा’ बोलको म्युजिक भिडियो युट्युबमा रिलिज भएको हो।
गीतमा स्वर, शब्द र संगीत सबै सिटौलाकै रहेको छ भने गीतको संयोजन शैलेन्द्र प्रधानले गरेका हुन्।
भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् जसमा भरतसँगै उषा उप्रेती फिचर्ड छिन्। भिडियो सम्पादन सतिज श्रेष्ठले गरेका हुन्।


