Breaking News.... EverestOnlineKhabar
May 11, 2026

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण

Loading

लुक्लाबाट काठमाडौं आउँदै गरेका ८ वटा हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । अविरल परेको वर्षाका कारण मौसममा खराबी आएपछि  चारवटा  पाँचखाल र ४ वटा नेपालथोकमा आकस्मिक अवतरण गरिएको काभ्रेका प्रहरी नायव निरीक्षक  दिपक गिरीले जानकारी दिए ।

कैलाश एयरलाइन्सको १ वटा, सिस्रिकको २ र मनाङको एक वटा गरी चारवटा पाँचखालमा अवतरण गरिएको हो । सिन्धुलीमा अवतरण गरिएको बारे पुष्टि नभएको प्रहरी नायव निरक्षक दिपक गिरीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.