Breaking News.... EverestOnlineKhabar
May 11, 2026

असन्तुष्ट नयाँ शक्ति पार्टीकी नेतृ सीमा विक नेकपा प्रवेश

Loading

काठमाडौं : संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नयाँ शक्ति पार्टीकी नेतृ सीमा विक नेकपा प्रवेश गरेकी छन्।

बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले विकलाई पार्टी प्रवेश गराएका हुन्।

जनशक्ति पार्टीकी पूर्वसभासद् विक बाबुराम नेतृत्वमा नयाँ पार्टी गठन भएपछि नयाँ शक्तिमा प्रवेश गरेकी थिइन्।

नयाँ शक्तिका योजना कागजमा मात्र सीमित भएको र एकताले अझ कार्यान्वयन हुने अवस्था नदेखिएपछि नेकपा प्रवेश गरेको विकको भनाइ छ। विकलाई नयाँ शक्ति पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.