Breaking News.... EverestOnlineKhabar
June 26, 2026

कृष्णबहादुर महरा इतिहासकै सबैभन्दा कमजोर सभामुख : कांग्रेसका सभापति शेरबहादुर देउवा

Loading

काठमाडाैं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुख भएकाे बताएका छन्।

कांग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर सो काम गर्न नसकेको दाबी समेत गरे।

सभापति देउवाले नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको दाबी गरे। मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि कांग्रेसले आपत्ति जनाउँदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो। सो गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभापति देउवाले सभामुख महराप्रति आक्रोश व्यक्त गरे। बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर सभामुख महराले निरिहता प्रकट गरेकाे अाराेप लगाए।

देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि सचेत गराएका छन्। उनले कम्युनिष्ट शासन आएकाले राष्ट्रपति बेलायती महारानीको शैलीमा प्रस्तुत भएको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed