Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं : तेरिया पाउजामगर नेपाली सेलिब्रेटी हुन्। रुपन्देहीको रुद्रपुरमा जन्मेकी उनले भारतीय टेलिभिजन सो ‘डान्स इन्डिया डान्स’बाट चर्चा कमाएकी हुन्।

यो रियालिटी सोको तेस्रो सिजनको विजेतासँगै उनको नृत्य कलाको चौतर्फी चर्चा चल्न थाल्यो। उनले नेपाल तथा भारतका विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर पाइन्। यसलगत्तै उनी ‘झलक दिखला जा’मा पनि सहभागी भएर विजेता बनिन्।

तेरिया अहिले भारतमै नृत्यका कार्यक्रममा व्यस्त छिन्। १४ वर्षे उमेरमा डान्स इन्डिया डान्सको उपाधि जितेकी उनी अहिले १८ वर्षे जवान भएकी छन्। आफूलाई अभिनयका विभिन्न कक्षा र नृत्यमै व्यस्त राखेकी छन्।

सामाजिक सञ्जालमा उनका फलोअर्स पनि निकै छन्। इन्स्टाग्राममा पनि सक्रिय देखिन्छिन् उनी। विभिन्न फोटो तथा भिडियो सेयर गरिरहन्छिन्। प्रत्यक्ष लाइभमा आएर फ्यानसँग पनि कुरा गरिरहेकी हुन्छिन्। हालै उनले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा हट पोज सार्वजनिक गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed