Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मधेसका जनताले सम्पूर्ण नेपालको नेतृत्व लिन सक्छन् : बाबुराम भट्टराई

Loading

काठमाडौं : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मधेसका जनताले सम्पूर्ण नेपालको नेतृत्व लिन सक्ने बताएका छन्। समाजवादी पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले यसो बताएका हुन्।

‘हिमाल, पहाड र मधेसका जनतालाई वैज्ञानिक ढंगले जोड्न नसके खतरापूर्ण अवस्था आउनसक्छ’ उनले भने,’मधेसका जनताले मधेसको मात्रै होइन, सम्पूर्ण नेपालको नेतृत्व लिन सक्छन्।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गरे। नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ रहेको छ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। एकतापछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन्।  ‘यो पार्टी हिमाल पहाड र मधेसलाई नेतृत्व गर्ने सक्षम पार्टी भएको’ सहमति पत्रमा भनिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed