Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विप्लवमाथि खन्‍निए प्रधानमन्त्री : नेकपाको बेइज्जत भो, पार्टीको नाम लुटीखाने राख्नू

Loading

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेत्रविक्रम चन्द विप्लवमाथि खन्निएका छन् । सिके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनलाई मुलधारको राजनीतिमा ल्याउने घोषणा सभामा बोल्दै प्रधानमन्त्रीले लुट्नका लागि कम्युनिष्टको बदनाम नगर्न चेतावनी दिए ।

‘हाम्रो पार्टीको नाम पनि नेकपा नै छ, उता लुटीखानेहरुले पनि आफूलाई भन्दा रहेछन्,  अब त नेकपा भन्न पनि लाज हुन्छ’, ओलीले भने, ‘विप्लव समूहले लुट्नका लागि कम्युनिष्ट भनिरहेको छ । यसरी त बेइज्जत भइसक्यो नेकपा भन्न ।’

प्रधानमन्त्रीले विप्लव समूहका गतिविधि आफूहरुले नियालिरहेको बताए । ‘उहाँहरुका प्रचा पनि हेरिरहेको छौ । एसएमजी, एलएमजीसहितका मान्छे पक्राउ परिरहेका छन् । अनि मान्छे समात्न पाइन्छ भनेर उफ्रिन्छन्’, ओलीले भने, ‘बन्दुक घर भित्र राखेर बस्ने ? घरमा छापा नमारी के गर्नु ? विष्फोट गराएर हिँड्ने ? अनि कम्युनिष्ट पार्टी पनि भन्ने, नेकपाको नाम लिन बन्द गर, बरु लुटेर समूह (विप्लव), लुटेरा समूह (प्रकाण्ड) नाम राख ।’

प्रधानमन्त्री ओलीले अझै पनि त्यो बाटो छाड्न विप्लवलाई आग्रह गरे । ‘अझै पनि भन्न चहान्छु त्यो बाटो छाड्नुस, नत्र यो देशमा शान्ति सुरक्षा गर्ने जिम्मा सरकारको हो त्यो गर्छ ।’

प्रधानमन्त्री ओलीले फरक प्रसंगमा सिके राउत देखेर तराईमा रोटी सेक्ने धेरै देखिएको बताए । ‘अब आजदेखि तिनका रोटी काँचै हुने भए । सिके राउतलाई देखाएर आफ्नो रोटी लौ सेक’, ओलीले भने, ‘आफूलाई लाठी हान्यो भने गुलाबको फूल देखाउने सिके राउतलाई ढुंगा हानेको आरोप लगाए । अब हिजोका कुरा छाडौँ, मूलधारको संविधानसम्मत राजनीति थालौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed