Breaking News.... EverestOnlineKhabar
June 19, 2026

कुनै नेताको चरित्र हत्या गर्न कसैले नपाउने: शेरबहादुर देउवा

Loading

विराटनगर-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले लगातार खेदेपछि बोल्न बाध्य भएको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पटक—पटक आफू बिरुद्ध नबोल्न आग्रह गर्दासमेत नटेरेपछि जवाफ दिन बाध्य भएको बताए।

 ‘मैले पटक–पटक उहाँलाई जाथाभावि नभन्न आग्रह गरेको थिएँ,’ देउवाले भने, ‘ लगातार खेदिरहेपछि जवाफ दिन बाध्य भए ।’ देउवाले कोइरालाले सभापतिमा उठ्नै नहुने भन्ने नभएको बताए। प्रजातान्त्रिक पार्टी भएकाले  पार्टीको पदाधिकारीमा उठ्न कसैलाई कसैले नरोकेको स्पष्ट पारे।

देउवाले चुनावमा उठ्न सबैले पाउने भए पनि कुनै नेताको चरित्र हत्या गर्न कसैले नपाउने स्पष्ट पारे। ‘चुनावमा उठ्न, जित्न र नेतृत्व लिन पाइन्छ’ देउवाले भने, तर, कसैको  चरित्र हत्या गर्नु भएन।’ देउवाले आफूले कोइरालसँग झगडा नगरेको दाबी पनि गरे। उनले भने ‘मैले कसैसँग झगडा गरेको छैन।’

उनले कोइरालले आफ्नो आग्रह नमाने पनि पार्टीले कुनै कार्वाही नगर्ने स्पष्ट पारे। ‘बोलेकै भरमा कार्वाही हुँदैन’ देउवाले भने। पार्टी जिल्ला सभापतिहरूले विशेष महाअधिवेशन माग गरेको विषयमा  सबैको आवाज सुन्ने पार्टी भएकाले असन्तुष्ट सभापतिहरूसँग बसेर छलफल गरिने उनले  बताए।

उनले पार्टीको महाअधिवेशन समयमै सम्पन्न गरिने बताए। पुनः पार्टी सभापतिमा उठ्ने विषयमा भने देउवाले समय आएपछि थाहा हुने प्रतिक्रिया दिए। वाइड बडी प्रकरणमा भने प्रधानमन्त्री ओली विरामी भएका कारण अहिले केहि नवोल्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed