Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक ले देशमा अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका छन्।

जिल्ला अदालत कैलालीले राजपाका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि संसद भवनमा पत्रकारहरुसँग कुरा महतोले भने, ‘अब राष्ट्रिय विद्रोह हुन्छ यो मुलुकमा। थारु, जनजाति, पहाडका मधेसी सबै मिलेर विद्रोह गर्छन।’

उनले चौधरी थरुहट आन्दोलनकारी भएको स्वीकार गर्दै आन्दोलनकारीलाई जन्मकैद हुने भए अहिलेका शीर्ष नेताहरुलाई किन सजाय भएन भनी प्रश्न गरे। ‘आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन? ओलीलाई जन्मकैद किन भएन? गिरिजाप्रसाद कोइरालालाई जन्मकैद किन भएन’, उनले प्रश्न गरे, ‘रिहा हुनलाई खास जाति चाहिन्छ यहाँ? जन्मकैदका लागि पनि कुनै जाति नै हुनुपर्ने?’ महतोले अदालतले अन्यायपूर्ण फैसला गरेकोमा यसविरुद्ध संघर्ष गर्ने संकेत समेत गरे। ‘के को अदालतको फैसला? अदालतले पनि अन्याय ग-यो भने उसको विरुद्धमा जनताले बोलेको छ’, उनले भने।

यस्तो छ महतोको आक्रोश?

रेशम चौधरीलाई जन्मकैदको कुरा हामीले स्वीकार गर्न सक्दैनौं, यो हुन सक्दैन। यो सरासर अन्याय, अत्याचार हो। अब राष्ट्रिय विद्रोह हुन्छ यो मुलुकमा। थारु, जनजाति, पहाडका मधेसी सबै मिलेर विद्रोह गर्छन। शासन र शोषण गर्ने जुन प्रवत्ति हो नी, त्यो प्रवृत्तिको विरुद्धमा लड्नुपर्ने जरुरी देखिएको छ। के को अदालतको फैसला? अदालतले पनि अन्याय ग¥यो भने उसको विरुद्धमा जनताले बोलेको छ। 

रेशम चौधरी आन्दोलनकारी थियो मलाई थाहा छ के! थरुहट आन्दोलनकारी हो।  आन्दोलनकारीलाई जन्मकैद हुने हो भने कसरी हुन्छ? प्रचण्डलाई जन्मकैद किन भएन? प्रचण्डलाई जन्मकैद किन भएन? गिरिजाप्रसाद कोइरालालाई जन्मकैद किन भएन? रिहा हुनलाई खास जाति चाहिन्छ यहाँ? जन्मकैदका लागि पनि कुनै जाति नै हुनुपर्ने? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed