Breaking News.... EverestOnlineKhabar
June 19, 2026

 राजश्व अनुसन्धान विभागले राजश्व छली गर्ने विभिन्न २८ कम्पनीविरुद्ध मुद्दा

Loading

काठमाडौं : राजश्व अनुसन्धान विभागले राजश्व छली गर्ने विभिन्न व्यक्ति तथा कम्पनीहरुलाई अर्बौँ रकमको बिगो सहित मुद्दा दायर गरेको छ । आइतबार विभागले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुमाथि मुद्दा दायर गरेको जानकारी दिएको हो

विभागका अनुसार झुट्टा तथा नक्कली सामान बिक्री गरी राजश्व छली गर्ने जयकिशोर साह र परमेश्वर साहसहित २४ वटा फर्मका संचालक समेतलाई १ अर्ब विगो दाबीसहित काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको हो ।

मुल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली कर विजकको प्रयोग गरी राजश्व चुहावट गरेको भन्दै परमेश्वरलाई माघ ३ गते र जयकिशोरलाई माघ ४ गते पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

उनीहरुले ज्याला मजदुरी गर्ने गर्ने व्यक्तिलाई प्रभावमा पारेर उनीहरुको नाममा कम्पनी खोली वास्तविक रुपमा मालबस्तुको खरिद विक्री कारोबार नै नगरी झुटो विजक जारी गरी राजश्व चुहावट गरेको विज्ञप्तिमा उल्लेख छ ।यसैगरी विदेशी विनिमय अपचलन तथा हुण्डीकारोबारी गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बुलाई ३ करोड ६६ लाख विगो कायम गरी काठमाडौं जिल्ला अदालतमा आइतबारै मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले रिलायन्स सब रेमिट प्रालिका संचालक गोविन्द सुब्बाले इन्दुनारायण लिम्बुसमेतको साझेदारीमा रिलायन्सफर्ममार्फत मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एकठाउँबाट अर्को ठाउँमा पठाएको कारोबार देखाई विदेशी विनिमग अपचलन गरेको भन्दै दायर गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed