Breaking News.... EverestOnlineKhabar
June 10, 2026

नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ

Loading

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार र नेकपा अध्यक्षले सार्वजनिक गरेको विज्ञप्ति राष्ट्रिय स्वार्थ विपरित भएको भन्दै आपत्ति जनाएको हो।

‘नेपालको खासै कुनै सम्बन्ध नरहेको देश भेनेजुएलाको राजनीतिक घटनाक्रममा सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकार स्वयम्ले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ’, काग्रेस संसदीय दलको निर्णयमा भनिएको छ, ‘यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थ विपरित कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको  बैठक आपत्ति प्रकट गर्दछ।’

नेपालको विकासका लागि झण्डै ६५ वर्ष भन्दा लामो समयदेखि लगातार आर्थिक सहयोग पु¥याउँदै आएको पुरानो मित्र संयुक्त राज्य अमेरिकाको सकारात्मक भूमिका नै नेपालका लागि महत्वपूर्ण हुने ठहर कांग्रेसको छ।

‘अमेरिकाले हाम्रो मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माण क्षेत्रमा अत्यन्त उल्लेखनीय सहयोग पु¥याइरहेको छ ’, कांग्रेसले भनेको छ, ‘आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवश्यक आर्थिक र कुटनीतिक सहयोगको क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सकारात्मक भूमिका महत्वपूर्ण रहनेछ।’

सँगै कांग्रेसले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुरुप नै वर्तमान सरकारले डा. गोविन्द केसीसँग सम्झौता गरेकोमा पछि तोडमोड गरी  जबरजस्ती संसदबाट पास गरेकोप्रति आपत्ति जनाएको छ। उसले अध्यादेश सम्झौता अनुसार सच्याउनसमेत माग गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed