Breaking News.... EverestOnlineKhabar
April 19, 2026

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित

Loading

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । अनशनरत प्रा.डा. गोविन्द केसीको अनशन २३ औँ दिनमा पुगेको अवस्थामा सरकारले विधेयक संघीय संसदका दुवै सदनबाट पारित गरको हो ।

प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयकलाई कांग्रेसका सांसदहरुको विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यो विधेयकले अनशनरत डा. केसीको माग पुरा गरिसकेको जनाउँदै अब आन्दोलन गर्नुको अर्थ नहुने बताए ।

विधेयक जनमुखी र प्रगतिशिल भएको भन्दै अब गरिबका छोरा छोरीले पनि मेडिकल शिक्षा पढ्ने सजिलो बाटो खुलेको उनले बताए ।

बिहीबारै बसेको प्रतिनिधि सभाको बैठकमा भने सरकारले डा. केसीको माग पुरा नगरेको भन्दै कांग्रेसका सांसदहरुले अवरोध गरेपछि २० गतेसम्मका लागि स्थागित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed