Breaking News.... EverestOnlineKhabar
June 11, 2026

सदन जे कारणका लागि अवरुद्ध भइरहेको छ, त्यसमा सरकारका तर्फबाट पहल हुनुपर्छ:कांग्रेस केन्द्रीय समिति

Loading

काठमाडौं : कांग्रेसले आफ्ना दुई पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकारकै मातहतमा राख्नुपर्ने भन्दै सरकारले लिएको निर्णय सच्याउन आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकले सरकारले निर्णय नसच्याए सदन अवरोध कायमै राख्ने निर्णय गरेको छ।

‘सदन जे कारणका लागि अवरुद्ध भइरहेको छ, त्यसमा सरकारका तर्फबाट पहल हुनुपर्छ’, बैठकपछि कांग्रेसले जारी गरेको विज्ञिप्तमा भनिएको छ। कांग्रेसले विगतमा भएको सम्झौताअनुसार डा. गोविन्द केसीले थालेको अनशनलाई सम्बोधन गर्न भनेको छ। निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा सरकार संवेदनशील नभएको भन्दै उसले गम्भीर ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई खबर नै नगरी गरेकोमा कांग्रेसले असन्तुष्टिसमेत जनाएको छ। बैठकमा सभापति देउवाले आफूलाई थाहा नै नदिई बैठक बोलाइएको बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सरकारविरुद्ध आन्दोलन गर्नुपर्नेमा जोड दिए। बैठकमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, दिलेन्द्रप्रसाद बडू, महेश आचार्य, बालकृष्ण खाणसहितका नेताले आआफ्ना धारणा राखेका थिए।

कांग्रेसले अर्को बैठक १३ माघमा बोलाएको छ। महासमितिबाट पारित पार्टीको नयाँ विधानसहित विभिन्न पाँच प्रस्तावलाई अन्तिम रूप दिने र नेविसंघ केन्द्रीय समितिको म्याद सकिएकोबारे के गर्ने भन्नेमा अर्को बैठकमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed