Breaking News.... EverestOnlineKhabar
June 11, 2026

मानवीय शरिरका ६ अंग जुन मांशपेशी र हड्डी जसको अहिले कुनै प्रयोग हुँदैन ।

Loading

जैविक विकासको हिसाबले चिम्पाञ्जीलाई मानिसको सबैभन्दा नजिक मानिन्छ ।

तर दुबैको जैविक ढाँचालाई हेर्ने हो भने थुप्रै अन्तर त पहिलो नजरमै देखिन्छ ।

चिम्पाञ्जीमा जति अंग छन्, त्यो मानव शरीरमा छैनन् । मानव शरिरमा भएजत्ति चिम्पाञ्जीमा पनि छैनन् ।

जैविक ढाँचामा फरक हुने भएकाले मानिसको निरन्तर विकास भइरहेको छ । तर यो विकासको गती निकै ढिलो हुन्छ ।

यसैकारण मानिसको शरीरमा आज पनि यस्ता मांशपेशी र हड्डी पाइन्छन् जो कुनै कामका छैनन् ।

जैविक विकासको क्षेत्रमा अध्ययन गर्ने डोरसा अमिरले आफ्नो ट्वीटर अकाउन्टमा मानवीय शरिरका ती अंगबारे जानकारी दिएकी छिन् जसको अहिले कुनै प्रयोग हुँदैन ।

डोरसा भन्छिन्, ‘तपाईंको शरीर प्राकृतिक इतिहासको कुनै संग्रहालयजस्तै छ ।’

यस्तोमा प्रश्न उठ्छ कि जब यी अंग र मांशपेशीको मानवीय शरीरमा कुनै उद्देश्य बाँकी हुँदैन भने यो अहिले पनि किन पाइन्छन् ? जैविक विकासको निकै मन्द गतीका कारण यस्तो भएको हो ।

कुनै अवस्थामा यी अंग आफ्ना लागि नयाँ उद्देश्य हाँसिल गर्छन् । यो प्रक्रियालाई ‘एक्सेप्टेशन’ भनिन्छ ।

डोरसा भन्छिन्, ‘हामीलाई शरीरका यी अंगको उद्देश्य के थियो भनेर कसरी थाहा भयो भनेर सायद तपाईं सोचिरहनुभएको होला । यसको जवाफ यो हो कि हामी यो मामलामा अनुमान मात्रै लगाउन सक्छौं । यी मांशपेशी वा अंग कुनै जीवको अस्तित्वलाई बचाई राख्नका लागि कति आवश्यक थियो भन्ने कुरालाई आधार बनाएर हामी अनुमान गर्छौं ।’

आउनुहोस्, मानव शरिरका यस्तै अंगबारे कुरा गरौं ।

१. रुखमा चढ्न मद्दत गर्ने मांसपेशीः

मानिसको नाडीमा भएको यो हिस्साबारे थाहा पाउनका लागि तपाईंले एउटा काम गर्नुपर्छ ।

आफ्नो हातलाई माथि उठाउनुहोस् र बुढी औंलाले कान्छी औंलालाई छुने कोसिस गर्नुहोस् ।

के तपाईंको नाडीमा दुई मांसपेशी देखियो रु यदि देखियो भने थाहा पाउनुहोस् कि यसलाई पालमारिस लोन्गस भनिन्छ ।

तर यदि तपाईंको नाडीमा यस्तो मांशपेशी देखिएन भने तपाईं चिन्तामा हुनुपर्दैन । किनभने १८ प्रतिशत मानिसमा यो मांशपेशी पाइँदैन । र यो नहुँदा कुनै कुरामा कमी पनि हुँदैन ।

यदि यो मांसपेशीको उद्देश्यको कुरा गर्ने हो भने ठिक यस्तै मांसपेशी ओरेंगुटनजस्ता जीवमा पनि पाइन्छन् ।

डोरसा भन्छिन्, ‘यो मांसपेशीले मानिसलाई रुख चढ्न मद्दत गर्छ भन्ने कुरालाई यसले  प्रमाणित गर्छ । तर आजकाल डाक्टरले यो मांसपेशीमा नजर गाडिरहेका छन् किनभने शल्यक्रिया गर्नेबेला उनीहरु यसको प्रयोग गर्न सक्छन् र हातबाट गरिने काममा यसको कुनै भूमिका हुँदैन ।’

२.कानको मांसपेशीः

जेरी कायेन आफ्नो किताब ‘ह्वाई इभोल्युशन इज ट्रू’ मा लेख्छिन्, ‘यदि तपाईं आफ्नो कान हल्लाउन सक्नुहुन्छ भने बुझ्नुहोस् कि तपाईं जैविक विकासको एक जिउँदो प्रमाण हो ।’

जेरीले यस्तो भन्दै मानवीय कानका तीन मांसपेशीबारे जानकारी दिएकी थिइन् ।

संसारका धेरैजसो मानिस आफ्नो कान हल्लाउन सक्दैनन् । तर यस्ता मानिसहरु पनि छन् जो यो मांसपेशीको मद्दतले आफ्नो कान हल्लाउन सक्छन् ।

यसबारे सबैभन्दा पहिला चार्ल्स डार्विनले लेखेका थिए । डार्विन यसलाई ट्युबरकल भन्छन् ।

कायनका अनुसार बिरालो र घोडाजस्ता जनावरमा यी मांसपेशी आज पनि कान हल्लाउन काम लाग्छन् ।

यसको सहयोगले उनीहरु आफ्नो शिकारीबारे पत्ता लगाउँछन्, आफ्ना बच्चाहरुको खोजी गर्न सक्षम हुन्छन् र अरुले झैं आवाज बुझ्न सक्छन् ।

३. टेल बोनः

डोरसा अमिर भन्छिन्, ‘टेल बोन त आफैंमा जैविक विकासको प्रक्रियाको क्रममा प्रयोग बाहिर भएको अंग हो । यसले हामीलाई हाम्रो गुमेको पुच्छर याद दिलाउँछ जसले रुख चढ्नेबेला सन्तुलन बनाउन मद्दत गर्दथ्यो । ’

सुरुमा यो पुच्छरको रुपमा प्रयोग हुन्थ्यो तर अब यसले हाम्रो मांसपेशीलाई सहारा दिने काम गर्छ ।

डोरसा भन्छन्, ‘जैविक विकासको सुरुवाती क्रममा मानिसका औंलामा एक प्रकारको जाल देखिन्थ्यो । तर बिस्तारै बिस्तारै यो जाल आफैं गायब हुँदै गयो ।’

४. मानिसका आँखाको मांशपेशीः

 

के तपाईंले आफ्नो आँखाको कुनामा गुलाबी रंगको मांसपेशी

देख्नुभएको छ ?

यसलाई निक्टिटेन्टिस मेम्ब्रेन भनिन्छ ।

डोरसा भन्छन्, ‘यसको काम तेर्सो ढङ्गले आँखालाई झिम्काउनु थियो । तर अब यो कुनै कामको छैन ।’

बिरालोदेखि चरा र अन्य थुप्रै जनावरमा तपाईंले यसले काम गरेको देख्न सक्नुहुन्छ ।

५. रौं ठाडो हुनुः

के तपाईंलाई थाहा छ, बिरालोले आफूलाई खतरामा देखेर रौं ठाडो बनाउँछ ?

यो त्यस्तै हो जब जाडो वा डरका कारण मानिसको शरीरमा रौं ठाडो हुन्छ ।

वैज्ञानिक यसलाई पिलोइरेक्शन रिफ्लेक्स भन्छन् ।

डोरसा भन्छन्, ‘किनभने, मानव जातीले आफ्नो जीवनकालको एउटा ठूलो खण्ठ रौंले ढाकेर गुजारेका छन् । पिलोरेक्शन रिफ्लेक्स एक निकै प्राचीन तरिका हो जसका कारण कुनै पनि जीव आफ्नो वास्तविक आकारभन्दा ठूलो देखिने गर्छन्

‘तर हाम्रो शरिरबाट बिस्तारै रौं हट्न सुरु भएपछि यो रिफ्लेक्स पहिलेको तुलनामा त्यति प्रभावकारी हुन सकेको छैन ।’

यदि मानवीय शरीरका अन्य यस्तै हिस्साको कुरा गर्ने हो भने एपेन्डिक्स पनि एउटा यस्तै हिस्सा हो जसले सायद हाम्रा पुर्खालाई खाना पचाउन मद्दत गर्दथ्यो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed