![]()
: प्रमुख प्रतिपक्षी कांग्रेस सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ। सोमबार र मंगलबार संसद बैठक अवरुद्ध पारेको कांग्रेस र भ्रातृ संगठन तरुण दलले मंगलबारदेखि सातै प्रदेश सदरमुकाममा पालैपालो सरकारविरोधको सभा थालेका छन्। मंगलबार प्रदेश १ राजधानीमा विराटनगरमा तरुण दलले प्रर्दशनसहित विरोधसभा गरेको छ। सबै प्रदेशमा विरोधको कार्यक्रम गर्ने उसले जनाएको छ।सरकारलाई सुरुदेखि नै ‘अलोकतान्त्रिक’ देखेको कांग्रेस पछिल्लो सरकारप्रति समय उग्र बन्दै आएको छ। मंगलबारदेखि तरुण दलले गर्ने विरोधसभाको मुख्य उद्देश्य पनि सरकारकै कामप्रति लक्षित रहने तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले बताए। तरुण दलले पहिलो चरणमा सात वटै प्रदेशमा विरोधसभा गर्ने र विरोधका कार्यक्रम थप्दै जाने बताएको छ।
सरकारले जनताकाे भावना विपरित कार्य गरिरहेको भन्दै नेपाल तरुण दलले जनकपुरमा विरोध जुलुस प्रदर्शन गरेको छ । नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दलले सात प्रदेशमा सरकार विरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधवार प्रदेश २ काे अस्थायी राजधानी जनकपुरमा विरोध जुलुस प्रदर्शन गरिएको हो ।
कांग्रेसकाे धनुषा पार्टी कार्यालयबाट निकालिएको जुलुस बजारको परिक्रमण गर्दै भानु चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले दुई तिहाईका सरकार भएपनि जनताले सरकारको अनुभुति गर्न नपाईरहेको बताए ।


