Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

धनुषा ।  प्रदेश २ सरकारले चलाएको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानमा अभेनेत्री रेखा थापाले सघाउने भएकी छन्। प्रदेश सरकारकारको अभियानलाई प्रभावकारी बनाउन अभिनेत्री थापाले सहयोग गर्ने  मुख्यमन्त्री लालबाबु राउतले जानकारी गराए।

उनले छोरीको लागि स्वर्णिम नेपाल कार्यक्रम अन्तर्गत महिला हिंसा तथा बालविवाह विरुद्ध कार्यक्रम संचालन गर्दै आएको फाउण्डेशनले अवको दिनमा ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमको समेत प्रबद्र्धन गर्ने बताए।

समाजिक रुपान्तरणको अभियान अन्तर्गत सरकारले ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानमा नायिका रेखा थापाले प्रबद्र्धन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको बताउदै मुख्यमन्त्री राउतले अन्य समाजिक व्यक्तित्वलाई समेत अगाडि आउन आह्वान गरे।

पत्रकार सम्मेलनमा बोल्दै नायिका थापाले महिला मुद्दामा केन्द्रित भई, पुरानो प्रवृत्तिलाई निर्मुल पार्दै महिलालाई सशक्त बनाउने उद्देश्यले अभिआनमा आफू सकारात्मक भावनाले अगाडि बढ्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed