Breaking News.... EverestOnlineKhabar
June 24, 2026

नेविसंघको १२ औं महाधिवेशन पुस २८ गते, अधिवेशन नगर्ने कमिटी स्वत: भंग हुने

Loading

काठमाडौं ।  नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुस अन्तिम साता हुने भएको छ।  नेविसंघको मंगलबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले १२ औं महाधिवेशन पुस २८, २९ र ३० मा गर्ने निर्णय गरेको हो ।  महाधिवेशनको स्थान भने तय गरिएको छैन।

बैठकले मंसिर २२ गतेभित्र माध्यामिक, उच्चमाध्यामिक र सिटिइभिटीमा अधिवेशन गर्ने निर्णय गरेको छ।  मंसिर २५ भित्र स्थानीय, गाउँ र नगर अधिवेशन, पुष ८ भित्र उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन हुनेछ।

यस्तै पुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन गर्ने निर्णय गरिएको छ। पुस ३० भित्र सातै प्रदेशको अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ। तोकिएको समयमा अधिवेशन गर्ने जिल्ला तथा क्याम्पस इकाई स्वतः भग हुने छन्।

नेविसंघको वर्तमान कार्यसमितिको म्याद गत भदौ तेस्रो साता नै सकिएको थियो। विवादका कारण अधिवेशन हुन नसकेपछि माउ पार्टी कांग्रेसले सुरुमा तीन महिना म्याद थपिदिएको थियो। तर, थपिएको तीन महिनामा पनि अधिवेशन हुन नसकेपछि मंसिर २ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले थप दुई महिना म्याद थपिदिएको थियो। पछिल्लो पटक थपिएको दुई महिनाको समय आगामी माघ २ गते सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed