Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पुष २ गतेसम्म माग पूरा नभए १६औं सत्याग्रह गर्ने डा. केसीको चेतावनी

Loading

काठमाडौं । डा. गोविन्द केसीले ३ बुँदे माग अघि सार्दै  सरकारलाई आगामी पुस २ गतेसम्मको अल्टिमेटम दिएका छन् । तोकिएको समयमा आफ्ना माग पूरा नभए सत्याग्रहसमेतको आन्दोलन सुरु गर्ने चेतावनी  केसीले दिएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै केसीले सरकारले जनतालाई सुशासन दिन नसकेको, अपराधीलाई कानुनी कठघरामा ल्याउन नसकेको, फर्जी अपराधी उत्पादनमा लागे, भ्रष्टाचारमा लिप्त भएको लगायत आरोप लगाएका छन् ।

१६औं अनशनको तयारीमा रहेका डा. केसी केही दिनअघि मनमोहन सेन्टरमा भर्ना भएका थिए । उनको छातीमा समस्या उत्पन्न भएपछि केही दिन अस्पतालमै भर्ना गरिएको थियो ।

सरकारले डा. केसीसंग चिकित्सा शिक्षा सुधारका बिषयमा पटक–पटक लिखित सम्झौता गरेपनि पालना हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed