Breaking News.... EverestOnlineKhabar
June 26, 2026

छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने देखाउँछु : प्रधानमन्त्री

Loading

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र बनाइने बताएका छन् । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई  सिंहदरबारमा सम्बोधन गर्दै उनले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।’

प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको समेत उल्लेख गरे । ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भिरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिए । ‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइनेछ’ उनले भने, ‘डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ ।’

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागि असोज २८ गते डा. रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा डा. माधव दाहाल, डा. इन्दिरा पराजुली, डा. विश्ववाला थापा, डा. विजय दत्त, डा. ध्रुव गौतम र डा. राजेश अहिराज छन् ।
शिक्षा मन्त्रीको संयोजकत्वमा कार्यदलको निर्देशक समितिसमेत गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.