Breaking News.... EverestOnlineKhabar
June 20, 2026

पुनरावेदन अदालत पोखराका सहन्यायधिवक्ता थापा ५ लाख रुपैयाँ घूस लिँदालिँदै पक्राउ

Loading

पोखरा। पुनरावेदन अदालत पोखराका सहन्यायधिवक्ता सुरेन्द्रबहादुर थापालाई ५ लाख रुपैयाँ घूस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई  पक्राउ गरेको हो ।

ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना प्राप्त गरेपछि अनुसन्धानको लागि गएको अख्तियारको टोलीले थापालाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारद्वारा  जारी विज्ञप्तिमा उल्लेख छ । अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यस्तै, अख्तियारले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि ५० हजार रुपैयाँ घूस लिँदालिँदैको अवस्थामा पक्राउ गरेको छ । जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग घूस माग गरेको उजुरीका आधारमा अनुसन्धानको लागि गएको अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed