![]()
काठमाडौं। साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न भएको आरोपमा निलम्बनमा परेका दुई प्रहरी अधिकृतका निलम्बन फुकुवा भएको छ। एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन बुधबारदेखि फुकुवा भएको गृह मन्त्रालयले जनाएको छ ।
प्रहरी नियमावलीमै साधारण तारेखमा रिहा भएका प्रहरी अधिकारीको निलम्बन फुकुवा हुने प्रावधान रहेकाले उनीहरुको निलम्बन फुकुवा भएको हो। उच्च अदालत विराटनगरले उनीहरुलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो। विरानगरको आदेशसँगै उनीहरुले निलम्बन फुकुवाको लागि निवेदन दिएका थिए।


