Breaking News.... EverestOnlineKhabar
August 16, 2026

ट्रम्प हटाउनेबारे छलफल’ नगरेको उपमहान्यायाधीवक्ताको भनाइ

Loading

बीबीसी । संयुक्त राज्य अमेरिकाका उपमहान्यायाधीवक्ता रड रोजनस्टाइनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई हटाउन आफूले संविधानको एक धारा सक्रिय बनाउने विषयमा परामर्श गरेको भन्ने विवरण अस्वीकार गरेका छन्। अमेरिकाका दोस्रो वरिष्ठ कानुनी अधिकारी रोजनस्टाइनले त्यस्तो समाचार उनकै शब्दमा “गलत र तथ्यगत रूपमा गलत” बताएका छन्।

बेनामी सुत्रलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स पत्रिकाले रोजनस्टाइनले ह्वाइट हाउसमा व्याप्त अराजकता बाहिर ल्याउन गोप्य रूपमा ट्रम्पका गतिविधि रिकर्ड गर्न सुझाव दिएको उल्लेख गरेको छ। तर रोजनस्टाइनबारेको सो टिप्पणी व्यङ्ग्यात्मक भएको एक अधिकारीले बीबीसीलाई बताएका छन्।

गत वर्ष राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय अनुसन्धान ब्यूरो एफबीआईका निर्देशक जेम्स कोमीलाई सो पदबाट हटाइएपछि रोजनस्टाइनले त्यस्तो प्रतिक्रिया दिएको बताइएको छ। संघीय अनुसन्धान ब्यूरोका अधिकारीहरूसँगको छलफल तथा कुराकानीको क्रममा उनले त्यस किसिमको सुझाव दिएको ठानिएको छ।

संघीय अनुसन्धान ब्यूरोका पूर्व निमित्त निर्देशक एन्ड्रू माक क्यावेका टिपोटहरूको आधारमा रोजनस्टाइनमाथि पछिल्ला आरोप लागेको न्यूयोर्क टाइम्सले जनाएको छ। माक क्यावेको सो टिपोट संचार माध्यमसम्म कसरी पुग्यो भन्ने कुनै जानकारी नभएको उनका वकिल माइकल ब्रोमविचले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.