Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

एजेन्सी । फयान बिङबिङ, विश्वकै महँगी अभिनेत्रीमध्ये एक, कहाँ कुन अवस्थामा छिन् भन्नेबारे अझै अत्तोपत्तो लाग्न सकेको छैन । उनको खुटखबर नपाएको तीन महिनाजति भयो ।ट्वीटरजस्तै चीनको लोकप्रिय सामाजिक सञ्जाल सिना वेबोमा उनका ६ करोडभन्दा बढी फलोअर्स छन् ।

उनले जुलाई २३ यता वेबो अपडेट गरेकी छैनन् । लाइमलाइटमा छाइरहेकी, व्यस्त र चर्चित सेलिब्रेटी एकाएक हराउनुलाई बडो रहस्यमयी मानिएको छ । उनी हलिउडमा पनि नामी थिइन् ।

बीबीसी, द न्युयोर्क टाइम्स, सीएनएन लगायत विश्वका ठूला मिडियाले उनी हराएको समाचार प्रकाशन/प्रसारण गरिरहेका छन् । टाइम म्यागाजिनका अनुसार उनी पछिल्लो पटक जुलाई १ मा चीनकै एउटा बाल अस्पतालमा देखिएकी थिइन् । त्यसयता अभिनेत्रीको कुनै अत्तोपत्तो छैन । मलेसियाको ‘द स्टार अनलाइन’ ले भने यही सेप्टेम्बर १६ मा उनी वेबोमा झुलुक्क अनलाइन देखिएको बताएको छ । स्टारका अनुसार अभिनेत्रीले आफ्नो ३७ औं जन्मदिनका अवसरमा नयाँ स्टाटस पोस्ट गरेकी थिइन् । तर, उक्त पोस्ट तुरुन्तै डिलिट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.