Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

वीरगन्ज ।  नेपाल भारत दुई देशबीचको सीमा छुट्याउनका लागि भारतसँग सीमा जोडिएको पर्साको धोबनीदेखि ठोरी गाउँपालिकासम्म गाडिएका सीमास्तम्भमध्ये थप ५५ वटा सीमास्तम्भ गायब भएका छन्।

यसअघि गत बैशाखमा वीरगन्जमा नेपाल र भारतका सीमा विज्ञ र सुरक्षा अधिकारीको बसेको बैठकमा पर्सामा रहेका सीमास्तम्भमध्ये एक सय नौ वटा सीमास्तम्भ हराएको जानकारी गराइएको थियो।

तर, त्यसयता फेरि ५५ वटा थप सीमास्तम्भ हराएका हुन्। भारतसँग सीमा जोडिएको पर्साको धोबिनी, जगरनाथपुर, जीराभवानी, पटेर्वा सुगौली र ठोरी गाउँपालिका क्षेत्रमा मुख्य, सहायक र साना गरी कुल तीन सय ३८ वटा सीमा स्तम्भ छन्। ती मध्ये पछिल्लो समयमा मुख्य चार र सहायक ५१गरी थप ५५ सीमास्तम्भ गायब भएका हुन्।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) भिखमपुरको कार्य क्षेत्रअन्तर्गत मुख्य आठ, सहायक सात र साना एक सय ४५ गरी कुल एक सय ६० सीमास्तम्भ हुनुपर्नेमा ती मध्ये मुख्य दुई र साना ४१ गरी कुल ४३ वटा सीमास्तम्भ हराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.