Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौँ ।  मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना सुरु गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल सुरक्षा योजनामा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्सले गर्नेछ । यसअघि मोबाइल सुरक्षा योजनाका रूपमा मात्र सुरु भएको सेवा अब मोबाइल बीमामा रुपान्तरण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed