Breaking News.... EverestOnlineKhabar
October 5, 2026

Loading

काठमाडौँ । जेष्ठ ब्याड्मिन्टन एकेडेमीले आयोजना गर्दै आएको जेष्ठ खुल्ला राष्ट्रिय ब्याड्मिन्टनको तेस्रो संस्करण यही बुधवारदेखि सुरु हुँदैछ। चार दिनसम्म बसुन्धारास्थित एकेडेमीको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न ९ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

जसअनुसार पुरुष र महिला एकल खुल्ला, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० वरियता बाहेकका, यू-१५ महिला र पुरुष खुल्ला, मिश्रित युगल खुल्ला, मास्टर ३५ वर्षमाथी र मास्टर ४५ वर्षमाथि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको खेलहरु बिडब्लुएम/एनबिए को नियमअनुसार खेलाइनेछ भने खेलमा योनेक्स सटलर कक प्रयोग गरिनेछ। यस्तै कुनै खेलको प्रोटेस्ट गर्नुपरेमा खेलअघि प्राविधिक कमिटि समक्ष रु एक हजारसहित निवेदन दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा कूल पुरस्कार राशी ३ लाख ८० हजार रहेको छ। ९ वटै विधामा पहिलो देखि तेस्रो हुनेले नगद पुरस्कार प्राप्त गर्नेछन्। पुरुष एकलको विजेताले नगद ३० हजार पाउनेछन् भने दोस्रो हुनेले १५ र तेस्रोले १० हजार हात पार्नेछन्। यस्तै महिला एकल, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० वरियता बाहेकको विजेताले समान २५ हजार प्राप्त गर्नेछन्। मास्टर ३५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मिश्रित युगल खुल्लाको विजेताले समान २० हजार र यू-१५ महिला र पुरुष को विजेताले १६-१६ हजार पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed