Breaking News.... EverestOnlineKhabar
August 20, 2026

न्यायालयले जनमत स्वीकार नगरेको सांसद भुषालको आरोप

Loading

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले न्यायपालिकाले लोकतन्त्र र जनमतलाई स्वीकार गर्न नसकेको बताएकी छन् । संसदको सोमबारको बैठकमा सांसद भुसालले सरकारका निर्णयहरु न्यायालयले धमाधम उल्टाएको भन्दै आपत्ति जनाइन् ।

डेढ-दुई महिना अनुसन्धान गरेको सुनकाण्डका अभियुक्तहरुलाई समेत अदालतले साधारण तारेख वा न्यूनमत धरौटीमा छाडेको भन्दै उनले भनिन्, ‘न्यायपालिका नै यस्तो निकाय भएको छ, जसले परिर्वतनलाई स्वीकार गर्न सकेको छैन, लोकतन्त्रलाई स्वीकार गर्न सकेको छैन । जनताको जनमतलाई स्वीकार गर्न सकेको छैन ।’

‘आज सरकारले गर्ने निर्णय कतिपय भोलि, कतिपय एक हप्ता र कतिपय महिना दिनमा उल्टाइने गरेको छ । परिर्वतनलाई स्वीकार गर्न म अपील पनि गर्छु ।’

नेकपाकी सांसद भुसालले बुढा मर्‍यो भन्दा पनि काल पल्कियो भन्ने गम्भीर भएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.