![]()
काठमाडौँ। सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । ‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ । उनलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।
‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि शुरु हुँदैछ । तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्यास लिएका हुन् । खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिएका थिए ।


