Breaking News.... EverestOnlineKhabar
June 27, 2026

प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन अशोज ५ गते

Loading

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन अशोज ५ गते हुने भएको छ । सभामुख कृष्णबहादुर महराले असोज ५ गते ११ बजेका लागि निर्वाचनको मिति तय गरेका हुन् ।

निर्वाचनको मिति घोषणा अघि दलहरूले समितिमा रहने सदस्यहरू हेरफेर गरेका छन् । प्रतिनिधिसभामा दश वटा विषयगत समिति छन् । सत्तारुढ नेकपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समिति मात्र दिने तयारी गरेको छ ।

त्यस्तै, संघीय समाजवादी फोरम र राजपालाई एक/एक समितिको नेतृत्व दिने तयारी गरेको छ । समितिका सभापतिले राज्यमन्त्री सरह गाडी, सचिवालय र सुरक्षा पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.