Breaking News.... EverestOnlineKhabar
June 27, 2026

निर्मलाका आमाबुवाको बिलौना : ‘न्याय दिन नसके हामीलाई पनि गोली हानी मारी देऊ’

Loading

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबाबुले राज्यले न्याय दिन नसक्ने हो भने आफूहरुलाई पनि गोली हानेर मारिदिन आग्रह गरेका छन्।

न्यायका माग्न काठमाडौं आएको बताउँदै निर्मलाका आमाबाबु दुर्गादेवी र यज्ञराज पन्तले आफूहरुलाई न्याय दिलाउन सरकारले चासो नदेखाएको बताए। उनीहरुले सरकारले न्याय दिन नसक्ने हो भने आफूहरुलाई त्यो कुरा पनि भनिदिन आग्रह गरेका छन्।

निर्मलाका आमाबाबुले भने,‘प्रधानमन्त्रीज्यूले हामीलाई न्याय दिन सक्नु हुन्न भने हामी कसरी घर फर्किने? हामीलाई पनि गोली हानेर मारिदिनुस्।’ निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराजले छोरीको न्यायका लागि आफूहरु मर्न पनि तयार रहेको  बताए।

दुर्गादेवीले आफ्नी छोरीका हत्यारालाई बचाउन खोजिएको र सबै प्रमाण प्रहरीले नष्ट गरेको पनि आरोप लगाइन्। उनले भनिन्,‘छोरीको हत्या भयो। तर, प्रहरीले सबै प्रमाण नष्ट गरेको छ। हामी न्यायका लागि आएका हौं। न्याय नपाएसम्म घर फर्किदैनौं।’

निर्मलाका बाबु यज्ञराजले पनि आफ्नी छोरीका हत्यारालाई बचाउन राज्यनै लागेको गुनासो गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.