![]()
बीबीसी । चीनको दक्षिणी क्षेत्रको व्यस्त सडकपेटीमा एक व्यक्तिले कार अन्धाधुन्ध चलाउँदा कम्तिमा ९ जनाको ज्यान गएको छ । घटनामा ४३ जना घाइते भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
हुनान प्रान्तको हेङ्गयाङ्ग शहरमा रहेको बिन्जियाङ्ग स्क्वायरमा एक व्यक्तिले आफ्नो रातो एसयुभी कार चलाएका हुन् । कारका ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिमाथि यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेको स्थानीय अधिकारीले बताएका छन् ।
घटना आतंकवादी मनसायले गरिएको थियो या थिएन भन्ने बारे भने केही बताइएको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घटनाका सम्बन्धमा अनुसन्धान जारी छ ।


