Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं ल्याइएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पेश गर्न आदेश दिएपछि  हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुल्सीपुरमा भएको बम बिस्फोट मुद्दामा अनुसन्धान गर्न बिश्वकर्मालाई दाङ देउखुरी जिल्ला अदालतले आइतबार आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद नसकिदै सर्वोच्चले आदेश गरेपछि काठमाडौं ल्याउनु परेको हो । दाङको मुद्दामा अनुसन्धान जारी नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.