Breaking News.... EverestOnlineKhabar
June 27, 2026

साफ खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो, मौसमका कारण माल्दिभ्ससंगको खेल गुमाउनु परेको प्रशिक्षक महर्जनको भनाइ

Loading

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल खेल्न बंगलादेश पुगेको नेपाली टोली स्वदेश फर्किएको छ । सेमिफाइनल खेलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाली टोली फाइनल खेल अगावै स्वदेश फर्किएको हो ।

नेपालले साफ च्याम्पियनसिपमा ४ खेल खेलेको थियो । समूह चरणको पहिलो पाकिस्तानसँगको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो र तेस्रो भुटान र बंगलादेशलाई क्रमशः ४–० र २–० गोल अन्तरले पराजित गर्दै नेपाली खेलाडीले टिमलाई लयमा फर्काएका थिए । तर, सेमिफाइनल खेलमा नेपाल माल्दिभ्सविरुद्ध ३–० गोल अन्तरले पराजित भएपछि टिम प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले  माल्दिभ्सविरुद्धको खेलमा धेरै गल्ती भएको बताए । उनले माल्दिभ्ससँगको खेलमा मौसम मुख्य चुनौतीका रुपमा देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.