Breaking News.... EverestOnlineKhabar
June 27, 2026

राजीनामा दिएका केसी पुनः निर्मला हत्याकाण्ड छानबिन समितिमा फिर्ता

Loading

काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी पुनः छानबिन समितिमा फिर्ता भएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् । हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य थिए ।

केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै समितिको म्याद थपको विषयमा असहमति राख्दै जिम्मेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.