Breaking News.... EverestOnlineKhabar
August 20, 2026

Loading

काठमाडौँ। चितवन जिल्ला अदालतले छोरा कृष्णप्रसादको हत्याका सबै अभियुक्तलाई सफाई दिए लगत्तै गंगामाया अधिकारीले अस्पतालबाटै अनशन सुरु गरेकी छन्। उपचारार्थ रहेकी गंगामायाले बीर अस्पतालकै शैयाबाट अनशन सुरु गरेको बताएकी छन् ।

‘अपराधीले मलाई न्याय दिएनन्, म न्यायका लागि मर्न तयार छु र सके भने यो मुद्धालाई अन्तर्राष्ट्रिय अदालत पुर्‍याउने पनि प्रयास गरिरहन्छु’, गंगामायाले  भनिन्। चितवन जिल्ला अदालतको फैसलाले उनको मनोवल गिरेको स्पष्ट बुझ्न सकिन्थ्यो ।  योसँगै उनको यसपल्टको आक्रोश अदालत, राज्य र केही मानवअधिकारवादी नेताविरुद्ध पनि लक्षित छ।

न्यायको माग सहित गंगामायासँगै अनशन बसेका उनका पति नन्द प्रसादले अनशनको तीन सय ३१ औं दिनमा प्राण त्याग गरेका थिए।  त्यसपछि एक्लै लड्दै आएकी गंगामायाले न्याय नपाउने देखेपछि फेरि अनशन थालेकी थिइन्।

गंगामायाको अनशनका कारण संकटमा पुगेको सरकारलाई उद्धार गर्न खासगरी पूर्वमाओवादी नेतृत्वको सुझावमा कृष्णप्रसादका हत्याका अभियुक्त छविलाल पौडेलले आत्मसर्पण गरेपछि उनले ४७ औं दिनमा अनशन तोडेकी थिइन्। छविलाल लगायत १२ जनालाई चितवन जिल्ला अदलातले सफाई दिएपछि उनी पुनः अनशन बसेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.