![]()
बीबीसी । उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा प्योङयाङमा आयोजित परेडमा ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।
उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए ।
दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले ९ सेप्टेम्बर, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए ।
एक्काइस तोपको सलामी पश्चात् कीम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकहरुमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियार सहितको मार्चपासलाई नेता कीम सहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए ।
नेता कीमसँगै चिनिया प्रतिनिधि एवं चिनिया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए । उनीहरु दुबैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो ।
मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरुको लाइन अघि बढेको थियो । आकाशमा सैनिक विमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो ।


