Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

कैलाली। कैलालीमा एक पुरुषले आफ्नै छोरीकी साथीमाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ६ की १४ वर्षिय बालिका आफ्नै सहपाठीका बुवा (नाताले फुपुका छोरा) बाट बलात्कृत भएकी हुन् । प्रहरीका अनुशार बलात्कार आरोप लागेका ३३ वर्षका हर्कबहादुर कुँवर फरार छन् ।

भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।

बालिकाका आमाबुवा पहाड (अछाम) मा भएका बेला उनीमाथि बलात्कार भएको हो । कान्छा बाजेसँग बसेर स्कुल पढिरहेकी बालिकामाथि १३ गते बलात्कार भए पनि परिवारका सदस्यहरूले १५ गते मात्रै ईलाका प्रहरी कार्यालय सुखडमा खबर गरेको प्रहरीले जनाएको छ ।

कुँवरमाथि प्रहरीले जबरजस्ती करणीको मुद्धा दर्ता गरी खोजीकार्य जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.