![]()
काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले बालिका बलात्कारलगायतका घटना हुन नदिन सबैलाई गम्भीर बन्न आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला हिंसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने पनि स्पष्ट पारे ।
आइतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिनदिनै बालिका बलात्कारलगायतका घटनाबाट नेपाली समाज अधोगतितर्फ उन्मुख भएको संकेत देखिएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न सिंगो समाजलाई गम्भिर बन्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरे । मुलुकमा अझै पनि जातीय हिंसा भड्काउन कोसिस भइरहेको उल्लेख गर्दै सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याए ।


