Breaking News.... EverestOnlineKhabar
September 30, 2026

Loading

कञ्चनपुर,भदौ ।
कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अभियुक्तलाई लुकाउनको लागि घटनाको सत्यतथ्य तोडमोड गरेको आरोप लागेर निलम्बनमा परेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टलाई जोगाउन पूर्वमाओवादी केन्द्रका नेता सक्रिय भएका छन् । स्रोतका अनुसार संघीय सरकारकै बहालवालामन्त्री पनि विष्टलाई जोगाउन लागि परेका छन् ।

कञ्चनपुर घटनाको सत्यतथ्य बाहिर नआएसम्मका लागि निलम्बनमा परेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई बचाउन पूर्वमाओवादी नेता सक्रिय भएका हुन् । पूर्वमाओवादी नेतासँगै केही बहालवाला डीआईजी पनि विष्टमाथि लागेको निलम्बन फुकुवा गर्न विभिन्न दलका नेताहरुसँग लविङ गरिरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार एसपी विष्ट प्रदेश ७ का पूर्वमाओवादी नेताहरुको दैलोमा पुगेका छन् ।
तत्कालीन माओवादी नेताकै रोजाइमा कञ्चनपुर गएका विष्टलाई बचाउन जिल्ला नेतादेखि केन्द्रीय नेतासम्म लागेका छन् । स्रोतले भन्योः‘एसपी विष्ट काठमाडौंमै रहेका केही पूर्वमाओवादी नेताहरुको घरमा पुगेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed