Breaking News.... EverestOnlineKhabar
August 11, 2026

लुका मोड्रीच बने युरोपकै सर्वोत्कृष्ट खेलाडी…..

Loading

एजेन्सी,भदौ ।
रोनाल्डो र सलाहलाई पछि पार्दै क्रोएसियाको राष्ट्रिय टोलीका कप्तान एवम् रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे ।
रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मोड्रीच राष्ट्रिय टोलीबाट क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्‍याएका थिए।
रूस विश्वकपमा व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल जितेका उनले ३ सय १३ मत पाएका थिए।रोनाल्डोलाई ९० मतले पछि पार्दै पहिलो पटक उपाधि जितेका हुन्। २२३ मत पाएका रोनाल्डो दोस्रो हुँदा १३४ मत पाएका सलाह तेस्रो भए।
मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed