![]()
काठमाडौं । एशिया कप क्रिकेटका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार स्थनीय कोल्टस क्रिकेट क्लबसंग अभ्यास खेल खेल्यो ।
लगातार दुईवटा अभ्यास खेलमा जित हासिल गरेको नेपालले तेस्रो खेलमा पनि शानदार खेल पस्क्यो । नेपालले बलिङ र ब्याटिङ दुवैमा सन्तुलित खेल प्रदर्शन गर्यो ।
टस हारेर फिल्डिङमा उत्रिएको नेपालले कोल्टलाई २१६ रनमा रोक्न सफल भयो । नेपालले ४९.५ ओभरमा कोल्टका सबै खेलाडीलाई आउट गरेको थियो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३, करण केसी र सागर पुनले समान २–२ विकेट लिएका थिए । २१७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले शानदार सुरुवात गर्यो । पहिलो विकेटका रुपमा सुवास खकुरेल २२ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । उनी अर्धशतक बनाउनबाट ५ रनले चुके । उपकप्तान मल्लसंग शानदार पार्टनरसिप गरेका कप्तान पारश खड्काले ५८ रन बनाए ।


