Breaking News.... EverestOnlineKhabar
October 2, 2026

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन एनसेल र मौसम विभागबीच सहकार्य

Loading

काठमाडौं ।  बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

नयाँ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यलाई अझ वृहत बनाउँदै पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । समझदारीपत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र  विभागका तर्फबाट विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गर्नुभएको हो ।

नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पूर्व सूचना प्रणालीको संचालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको छ ।

एनसेल र विभागले २०७३ देखि नै पूर्वसूचना प्रणालीको संचालनका लागि सहकार्य गर्दै आएका छन् । सहकार्यको शुरुदेखि नै एनसेलले  बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढी पहिरोको जोखिमबारे उनीहरुको आफ्नै मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना प्रवाह गर्दै आएको छ । यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलार्इ न्युन गर्न मद्दत पुर्याउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed