![]()
एजेन्सी,भदौ ।
फ्रेन्च लिग वानको गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एङगर्स एससीओविरुद्ध विश्व चर्चीत तीन जना खेलाडीले गोल गरेका छन् । ब्राजिलियन स्टार खेलाडी नेयमार, फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पे र उरुग्वेका स्टार खेलाडी इडिसन काभानीको गोल गरेपछि पीएसजीले जित निकालेको हो ।पीएसजीले एङगर्सलाई ३—१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको १२ औं मिनेटमा पीएसजीका काभानीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, त्यसको १० मिनेटभित्रै अर्थात् खेलको २१ औं मिनेटमा एङगर्सका थोमस मान्गानीले गोल गर्दै १—१ गोलको बराबरी गरेका थिए ।
पहिलो हाफमा १—१ गोलको बराबरी रहेको खेलमा खेलको ५१ औं मिनेटमा पीएसजीका किलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले अग्रता बढाएको थियो । त्यस्तै, खेलको ६६ औं मिनेटमा पीएसजीका स्टार खेलाडी नेयमारले गरेको उत्कृष्ट गोेल खेल जित्नका लागि निर्णायक बन्यो । यसरी तीनै जना स्टार खेलाडीले गोल गरेको यो सिजनकोे पहिलो खेल हो ।


