Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

रौतहट,भदौ ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ ।
अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन् । यीमध्ये ओमप्रकाश डुंगाका सह–चालक हुन् । औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो । डुंगा दुर्घटना हुने बेला करिब २६ जना रहेको अनुमान गरिएको थियो ।
डुंगा दुर्घटना भएलगत्तै बेलुकादेखि नै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो । हराइरहेकाहरुको आइतबार बिहानैदेखि पनि प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.