![]()
कास्की । १६ औं संस्करणको आहा रारा गोल्डकपबाट झण्डै २४ लाख रुपैयाँ नाफा भएको छ । ११ दिनसम्म चलेको प्रतियोगिताबाट १ करोड कारोबार गर्दै २३ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको आयोजक सहारा क्लबले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आम्दानी र खर्च सार्वजनिक गरिएको हो । मोफसलकै प्रतिष्ठित गोल्डकप आहा रारा गोल्डकपको १६ औं संस्करण अघिल्लो वर्षको माघ ९ देखि २० गतेसम्म चलेको थियो ।
अव्यवस्थित रंगशालामा पनि दर्शकको उल्लेख्य उपस्थिति रहेको क्लबले जनाएको छ । प्रतियोगितामा ७० लाख ६५ हजार रुपैयाँ खर्च भएको छ । रंगशाला अहिले निर्माणका लागि भत्काइएको छ । जसका कारण निरन्तर हुँदै आएको १७ औं संस्करणको आहा रारा गोल्ड कप कहाँ गर्ने भन्ने पनि टुंगिएको छैन ।


