Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पोखरामा १४ बर्षीया किशोरी मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

Loading

पोखरा । पोखरा १९ लामाचौरकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनी माबि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १४ बर्षीया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किएदेखि नै हराएकी थिइन् ।

विद्यालयको बसले करिब साढे ४ बजे छाडेको भए पनि उनी घर नपुगेपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा पोखरा १९ फापरतरोमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनको घर पोखरा १९ जिमेरेदेखि करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । उनको झोला भने घरदेखि करिब १ किलोमिटर पर भेटिएको थियो । उनको बलत्कारपछि हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्  ।

घटनाको विषयलाई लिएर आफन्तले सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.